Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७६ असार ९ सोमबार ११:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

घोराई खोलामा पक्की पुल शिलान्यास

Read Time : < 1 मिनेट
डिलाराम भुसाल कपिलवस्तु
२०७६ असार ९ सोमबार ११:०५:००

बुद्धभूमि नगरपालिका– १० स्थित घोराई खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।  मेयर केशवकुमार श्रेष्ठले घोराई खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन् । पुल निर्माण भएपछि प्रेमनगर र चेत्रादेहिका स्थानीय लाभान्वित हुनेछन् ।  बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माण गर्न लागिएको हो । आयोजनामा तीन करोड २० लाख १७ हजार सात सय ४० रुपैयाँ खर्च हुने अनुमान छ । ‘पुल निर्माण दुई वर्षमा सक्ने लक्ष्य छ,’ मेयर श्रेष्ठले भने, ‘पुल निर्माण भएपछि यस क्षेत्रका झन्डै २० हजार नागरिक लाभान्वित हुनेछन् ।’

सदरमुकाम जान सजिलो हुने
पुल बनेपछि नगरपालिकाको कार्यालय बुड्डीबाट जिल्ला सदरमुकाम तौलिहवा जान सहज हुने वडाअध्यक्ष त्रिलोकी खरविन्दले  बताए । ‘पुल निर्माणसँगै सात सय ४६ मिटर सडकको स्तरोन्नतिसमेत हुनेछ,’ वडाध्यक्ष खरविन्दले भने ।  निर्माणको जिम्मा अर्घाखाँची श्रीराम जेभीले लिएको छ । निर्माण कम्पनीका इन्जिनियर अशोक बस्यालले काम समयमै सक्ने प्रतिबद्धता व्यक्त गरे । ‘२० मिटर लम्बाइ रहने पुलको ३० प्रतिशत काम चालू आर्थिक वर्षमा र ७० प्रतिशत काम आउँदो आर्थिक वर्षमा सक्ने योजना छ,’ बस्यालले भने ।