मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ९ सोमबार ०७:१३:००
Read Time : < 1 मिनेट
नयाँCity

म्युजिक भिडियोका दुःख

अभिनय संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ९ सोमबार ०७:१३:००

म्युजिक भिडियो र फिल्ममा अभिनय गर्दा फरक अनुभूति हुन्छ । फिल्म एउटा प्रोजेक्ट हो । ठूलो टिम हुन्छ । काम सक्न वर्षदिन लाग्छ । लामो समय लगाएर बनाइएको हुन्छ । मूलतः टिमवर्क हो ।

तर, म्युजिक भिडियोमा भने थोरै ‘क्रु मेम्बर’ हुन्छन् । समय पनि छोटो हुन्छ । म्युजिक भिडियो चार–पाँच मिनेटको त हुने गर्छ । त्यो पनि एक दिनमै सकिने प्रोजेक्ट हो । दुवै अभिनय नै भएकाले आफ्नो किसिमको गाह्रो र अप्ठ्यारो त हुन्छ नै । दुवैमा मिहिनेत गर्नुपर्छ । अभिनयमा जीवन्तता दिनुपर्छ नै । 

ठूलो र समय लाग्ने प्रोजेक्ट भएकाले फिल्मको आफ्नै किसिमको जटिलता छँदैछन् । लामो समयसम्म एउटै काम गरिरहनुपर्छ । यता, म्युजिक भिडियो एकै दिनमा सक्न धेरै अप्ठ्यारा हुन्छन् । कहिले पानी पर्छ । कहिले धेरै भीडमा अभिनय गर्नुपर्छ । यसो हुँदा काममा केन्द्रित हुन समस्या हुन्छ । मान्छेको भीडभाडले गर्दा एउटा दृश्यका लागि पनि धेरै टेक लिनुपर्ने हुन्छ । कहिलेकाहीँ दिनभर घाममा 
बस्नुपर्ने हुन्छ ।

कहिले त परिस्थिति नमिलेर कामै सकिँदैन । एक दिनको प्रोजेक्ट दुई दिन लम्बिँदा खर्च बढ्छ । तर, म एउटा कलाकार भएकाले जस्तो अवस्थामा पनि काम गर्न तयार हुन्छु ।