मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनु आचार्य
२०७५ पौष १७ मंगलबार ०६:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

सुक्खा पहिरोले रसुवागढी सडक अवरुद्ध

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ पौष १७ मंगलबार ०६:५९:००

सुक्खा पहिरो जाँदा चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । आइतबार राति पासाङल्हामु मार्गको धुन्चे–स्याफ्रु सडकखण्डको खोपाङ भिरमा सुख्खा पहिरो गएको हो । पहिरोका कारण सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘आज दिनभर सडक सुचारु गर्नका लागि काम भएको थियो, पहिरो हटाउन सकिएको छैन,’ प्रजिअ पौडेलले भने । 

सोमबार दिनभर सडक अवरुद्ध हुँदा सवारीसाधन बाटामै रोकिएका छन् । गत्लाङ, चिलिमे, स्याफ्रु र टिमुरेबाट काठमाडौंका लागि छुटेका बस र केरुङबाट सामग्री बोकेर आएका कन्टेनर बाटोमै रोकिएका छन् ।