१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ८ आइतबार ०७:४८:००
Read Time : < 1 मिनेट
समाचार

‘बिआरआई लाभकारी’

Read Time : < 1 मिनेट
२०७६ असार ८ आइतबार ०७:४८:००

दक्षिण पूर्वी एसियाली विज्ञहरूले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई)को सराहना गरेका छन् । फिलिपिन्स, लाओस र मलेसियाका विदेश मामिलाविज्ञले बिआरआईअन्तर्गत ती मुलुकमा सञ्चालित परियोजना लाभकारी भएको बताएका हुन् । 

नेपाल—चीन मैत्री समाजद्वारा आयोजित बिआरआई सम्मेलनमा शुक्रबार  फिलिपिन्सकी विदेश मामिलाविज्ञ डार्लेन भी. इस्ट्राडाले बिआरआई फ्रेमवर्कभित्र रही साझा फाइदाका लागि फिलिपिन्स र चीनले काम गरिरहेको बताइन् । 

मलेसियाकी विदेश मामिलाविज्ञ नुर साहदहले भनिन्, ‘हाम्रो चीनसँग वैदेशिक लगानीलगायतका आर्थिक क्षेत्रमा सहकार्य उत्तिकै मजबुत छ । हामी चीनलाई नकार्न सक्दैनौँ ।’ लाओस सरकारका आर्थिक मामिलाविज्ञ भन्स्या सयाभोङले बिआरआईअन्तर्गत लाओस—चीन रेल परियोजना निर्माणबाट दुवै देशले लाभ लिइरहेको सुनाए । 

तिब्बतको सिचाङमिन्जु विश्वविद्यालयका दक्षिण एसियाली मामिलाका प्राध्यापक डी. फ्याङ्गोले भने, ‘नेपालले आफूलाई एक स्वतन्त्र मुलुकका रूपमा चीनसँगको सम्बन्धलाई अझ घनिभूत बनाउन पहल गर्नुपर्छ ।’ पाकिस्तानकी विज्ञ हिना अस्लमले पनि पाकिस्तान—चीन आर्थिक करिडोर (सिपेक)का माध्यमबाट पाकिस्तानले प्रशस्त आर्थिक लाभ लिइरहेको बताइन् । संयुक्त राष्ट्रसंघका लागि पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्यले नेपाललगायत दक्षिण एसियाली मुलुकले बिआरआईबाट पर्याप्त लाभ लिने अवसर रहेको बताए ।