मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पुष्प ढुंगाना
२०७५ मङ्सिर २९ शनिबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार

३३ केजी सुनसहित कलकत्ताबाट दुई नेपाली पक्राउ

Read Time : < 1 मिनेट
पुष्प ढुंगाना
२०७५ मङ्सिर २९ शनिबार १०:५७:००

भारतको कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले विशेष सुराकीको आधारमा एउटा कारमा खानतलासी गर्दा उक्त सुन भेटाएको हो । 

पक्राउ पर्नेमा नेपाली नागरिक राकेश प्रसाद र हेमप्रसाद शर्मा रहेको स्रोतले बताएको छ । उक्त सुन त्रिभुवन विमानस्थलबाट हराएको चर्चित ३३ केजी सुन भएको प्रहरीकाे दावी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको ३३ किलो सुन प्रकरणको छानविन गरिरहेको समितिले समेत कलकत्तामा सुन र दुई नेपाली पक्राउ परेको सुचना पाएपछि अनुसन्धान सुरु गरेको छ । 

मोरङ उर्लाबारीका गोरे भनिने चुडामणी उप्रेतीको समुहले पटकपटक अवैध सुन भित्र्याएको समितिको अनुसन्धानबाट खुलेको थियो । सनम शाक्यको हत्या भएपछि ६ बहालवाला प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध अभियोग दर्ता भएको थियो ।