मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार ६ शुक्रबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ

नक्कली भ्याट बिल बनाएर  तीन अर्ब कर छली 

Read Time : < 1 मिनेट
२०७६ असार ६ शुक्रबार ०६:०५:००

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुख्य अभियुक्त सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराई र विराटनगरका रिम्मरध्वज कार्की, दुई कर सहयोगी र तीन लेखापरीक्षकसहित १५ विरुद्ध बिगोको दुई गुणा जरिवाना र जनही तीन वर्ष कैद माग दाबी गर्दै बिहीबार मुद्दा दायर गरेको हो । 

गोपालप्रसाद र रिम्मरध्वजले विभिन्न आठ व्यक्तिको नाममा फर्म दर्ता गरेर भ्याट छली गरेका थिए । उनीहरूले विनोद धमला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाईं) र पार्वती सूचीकारको नाममा फर्म र बैंक खाता खोलेर कारोबार गरेको विभागको अनुसन्धानमा खुलेको छ ।  भ्याट छली धन्दामा ललितराज कन्दङ्वा र गौरी मैनाली कर सहयोगी थिए भने लेखापरीक्षकमा जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथले सहयोग गरेका थिए । 

ती फर्महरूबाट वास्तविक रूपमा वस्तु तथा सेवाको खरिदबिक्री कारोबार नै नगरी विभिन्न फर्मका नाममा झुटा बीजक जारी गरी राजस्व चुहावट गरेको विभागको दाबी छ । झन्डै पौने दुई अर्ब भ्याट छलीमा मुद्दा दायर भएको तीन महिनापछि विभागले दुई अर्ब ९८ करोड रुपैयाँ बिगोसहितको मुद्दा दायर गरेको हो ।