मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

बेँसीशहर नगरपालिकामा पुननिर्माण गर्न २२ करोड ६१ लाख खर्च

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार १७:१९:००

जिल्लाको बेँसीशहर नगरपालिकामा भूकम्पपछि पुननिर्माणका लागि २२ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । ०७२ सालको भूकम्पमा क्षति भएका लाभग्राहीको आवास निर्माण गर्न सो रकम खर्च भएको हो । 

नगरपालिकाभित्र भूकम्प पीडित लाभग्राहीको संख्या बाह्र सय ८६ घर रहेका छन् । जसमध्ये अहिलेसम्म बाह्र सय ३८ घर धुरीले लाभ पाएका छन् । उनीहरुले घर निर्माणमा किस्ता वापत ६ करोड १९ लाख रुपैयाँ पाएका छन् ।

त्यस्तै, आठ सय २० लाभग्राहीलाई दोस्रो किस्ता वापत १२ करोड ३० लाख र ४ सय १२ लाभग्राहीलाई तेस्रो किस्ता वापत चार करोड १२ लाख रुपैयाँ अनुदान वितरण गरिसकेको नगरपालिकाका प्राविधिक इञ्जिनियर अनोज चिलुवालले जानकारी दिए ।

नगरपालिकामा निजी आवास पुननिमार्णका लागि प्राविधिक परिचालन गरेको करिव डेढ वर्षको अवधिमा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिनेको संख्या ४ सय १२ मात्र छ । ४ सय १८ लाभग्राहीले भने पहिलो किस्ता लिएर हालसम्म आवास निमार्ण कार्य सुरु नगरेको र लाभग्राही सूचिमा परेका ३० जनाले अनुदान सम्भौता समेत नगरेको इञ्जिनियर चिलुवालले बताए । 

नगरपालिकामा निजी आवास पुनःनिर्माण हेर्नको लागि ६ जनाको प्राविधिक दरबन्दी भए पनि ३ इञ्जिनियर, १ ओभरसियर र १ सवओभरसियर गरी ५ जना मात्र रहेको नगरपालिकाकाले जनाएको छ । भूकम्प गएको चार वर्ष हुँदा पनि जिल्लामा आवश्यक प्राविधिक समयमै  नखटाउँदा पुननिमार्ण कार्यमा ढिला भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले जानकारी दिए ।