१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सागर रिजाल
२०७५ पौष १६ सोमबार १६:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

प्यूठान जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई कम्मल वितरण 

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ पौष १६ सोमबार १६:१८:००

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले पुर्पक्षमा राखिएका कैदीबन्दीलाई राहत स्वरुप कम्मल वितरण गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रमुख अनुसन्धान अधिकृत हेमन्त कार्की, रेडक्रस शाखा सभापति गुमानराज पुलामी, शाखा मन्त्री दामोदर शर्माको उपस्थितिमा २० थान कम्मल वितरण गरिएको रेडक्रस शाखा सभापति गुमानराज पुलामीले जानकारी दिए । 

‘अनुगमनको क्रममा कैदीबन्दीले सहयोग मागेका थिए ।’ सभाति पुलामीले भने,‐‘केन्द्रको अनमतिमा कम्मल वितरण गरेका हाैँ ।’ मुद्धा किनारा नलागेका कैदीलाई वितरण गरिएको उनले बताए । उनले भने,‐‘चिसोको समयमा थुनुवालाई राहत मिल्ने उदेश्यले कम्मल वितरण गरेका हौँ । ’ कम्मल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले कैदीबन्दीलाई कम्मल दिएर राहत दिएकोमा रेडक्रस शाखालाई धन्यवाद दिएका थिए । 

कारगारमा क्षमता भन्दा बढी कैदीबन्दी
जिल्ला कारागार प्यूठानमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् । १० महिला र १५ पुरुष अटाउन मिल्ने स्थानमा ६२ पुरुष र १५ महिला गरी ७७ जना कैन्दीबन्दी रहेको जिल्ला कारागार प्यूठानका कार्यालय प्रमुख सुर्यबहादुर पन्तले जानकारी दिए । कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी छन् । कार्यालय प्रमुख पन्तले भने,‐‘भवन जिर्ण हुनाले अझ बढ्दो समस्या छ । ’ नयाँ भवन बनाउनको लागि केन्द्रले रकम विनियोजन गरेपनि द्वन्द्वले गर्दा रकम फ्रिस भएको उनले जानकारी दिए ।