मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी ढाका
२०७६ असार ५ बिहीबार १०:१६:००
Read Time : > 1 मिनेट
खेलकुद

मनाङ मर्स्याङदी क्लब एएफसी कपको समूह चरणबाटै बाहिरियाे

Read Time : > 1 मिनेट
एजेन्सी ढाका
२०७६ असार ५ बिहीबार १०:१६:००

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब एएफसी कपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार बंगलादेशी क्लब अवहानी लिमिटेडसँग ५–० ले पराजित भएपछि मनाङ प्रतियोगिताबाट एक खेलअगावै बाहिरिएको हो । 

पहिलो हाफमा दुई गोल
मनाङ ढाकाविरुद्ध पहिलो हाफमै दुई गोलले पछि पर्‍यो । ढाका ११औँ मिनेटमै मनाङविरुद्ध अग्रता बनाउन सफल भयो । घरेलु टोलीका लागि मोहम्मद नविव निवाजले १–० का लागि गोल गरे । पहिलो हाफको इन्जुरी समयमा ढाका २–० ले अघि बढ्यो । 

मध्यान्तरपछि कमजोर
मनाङ दोस्रो हाफमा थप निरीह देखियो । ढाकाले निरन्तर गोल सम्भव बनायो । ६३औँ मिनेटमा जेवेल रानाले सोहेल रानाको पासको सदुपयोग गर्दै ढाकालाई ३–० को अवस्थामा पुर्‍याए । ७५औँ मिनेटमा सन्डे चिजोबा एनवाडिलोले गोल गर्दा मनाङ खेलमा फराकिलो गोलअन्तर भोग्न बाध्य भयो । खेलको अन्तिम इन्जुरी समयको पाँचौँ मिनेटमा मामुनल इस्लामले मनाङको पोस्टमा ५–० का लागि गोल गरे । इस्लामको गोलसँगै प्रतियोगितामा मनाङ सर्वाधिक फराकिलो अन्तरले पराजित भयो । 

जितविहीन मनाङ
प्रतियोगितामा मनाङ अन्तिम खेल बाँकी रहँदासम्म जितविहीन छ ।  पाँचमध्ये दुई खेलमा बराबरी खेलेको मनाङले तीन खेलमा हारको सामना गरेको छ । दुई अंकसहित मनाङ लिगको पुछारमा छ ।  

अवहानी शीर्ष स्थानमा
समूह चरणमा शीर्ष स्थानमा रहने क्लबले अघिल्लो चरणमा स्थान बनाउनेछ । मनाङलाई पराजित गरेसँगै ढाका अवहानी शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार नै भएको खेलमा भारतका दुई क्लब चेन्नई र मिनर्वा पन्जाबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजासँगै बंगलादेशी क्लबलाई फाइदा भएको छ । आठ अंकसहित दोस्रो स्थानमा रहेको चेन्नईलाई अघिल्लो चरणमा पुग्न अन्तिम खेलमा मनाङलाई पराजित गर्नुपर्नेछ । ढाका पन्जाबसँग हार्नुपर्नेछ । समूह ‘ई’मा अवहानीको  १० अंक छ भने चेन्नईको आठ र मिनर्वाको पाँच अंक छ । समूहबाट शीर्ष टोली अघिल्लो चरणमा पुग्नेछ ।

मनाङले खेलेका पाँच खेल

  • अप्रिल ३ विरुद्ध ढाका अवहानी ०–१ (एन्फा कम्प्लेक्स)
  • १७ अप्रिलविरुद्ध चेन्नई ०–२ (द ऐरना अहम्दावाद)
  • १ मे विरुद्ध मिनर्वा पन्जाब २–२ (कालिंगा स्टेडियम, भुवनेश्वर)
  • १५ मे विरुद्ध मिनर्वा पन्जाब १–१ (एन्फा कम्प्लेक्स)
  • १९ जुन विरुद्ध ढाका अवहानी ०–५ (बंगबन्धु एथलेटिक्स स्टेडियम, ढाका)