मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा
२०७५ पौष १६ सोमबार १४:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

१२ तस्बिरमा त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोह

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ पौष १६ सोमबार १४:२४:००

त्रिभुवन विश्वविद्यालयको सोमबार ५६ औँ ग्रेस लिष्टको ४४औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गरेका छन् । 

ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको खेलकुद मैदानमा भएको समारोहमा भाग लिन जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिजअन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आएका छन् । 
 
समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म 'ट्रान्सक्रिप्ट' लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित भएका छन्। 

समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको छ । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका