मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ४ बुधबार २१:३०:००
Read Time : < 1 मिनेट
समाचार

राप्रपा संयुक्तका केन्द्रीय सदस्य थापा राप्रपा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ४ बुधबार २१:३०:००

राप्रपा संयुक्तका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा बरिष्ठ समाजसेवी उज्ज्वल विक्रम थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । संयुक्तको सिन्धुली जिल्ला समितिका सबै पदाधिकारीसहित उनी राप्रपा प्रवेश गरेका हुन् । थापासहितको टोलीलाई बुधबार राप्रपा अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

थापा सिन्धुली ट्रष्टका अध्यक्षसमेत हुन् । उनले ट्रस्टमार्फत भूकम्प पीडितहरुको करिब ६ सय घर निर्माण गरिदिएका छन् भने एसिड आक्रमणबाट पीडित महिलाको उपचारमा सहयोग गरेका छन् । विमान बंगलामा परेर मृत्यु भएकाको परिवारलाई ऋणमुक्त गराएका थापाबाट आफू प्रभावित भएको भन्दै उचित जिम्मेवारी दिइने अध्यक्ष थापाले बताए ।

थापासहित राप्रपा संयुक्तका केन्द्रीय सदस्य दिनेश कार्की पनि राप्रपा प्रवेश गरेका छन् । राप्रपा संयुक्तका सिन्धुली जिल्ला नेताहरु अशोक राजभण्डारी, इन्द्रबहादुर भुजेल, सन्तोषकाजी थापालगायत ४० जना राप्रपा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, तोरणबहादुर गुरुङ, महामन्त्री राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।