मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार ४ बुधबार २०:३६:००
Read Time : < 1 मिनेट
समाचार

कर्णालीमा बेपत्ता भएको जिप खोजीमा कठिनाई

पानी चिसो हुँदा खोजी स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार ४ बुधबार २०:३६:००

हुम्लाको खर्पुनाथ गाउँपालिकोस्थित कर्णाली नदीमा खसेर वेपत्ता भएको जिप खोजी स्थगित भएका छ । खोजी तथ उद्धार गर्न पुगेको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले अत्यधिक चिसो र पानीको बहाव तीब्र भएका कारण बुधबार खोजी स्थगित भएको छ ।

टोलीले साँझसम्म केही फेला पार्न सकेको छैन । बिहीबार बिहानदेखि पुनः खोजी सुरु गर्ने टोलीले जनाएको छ । जिप बेपत्ता भएपछि सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जना गोताखोरसहित १० जनाको टोली बुधबार बिहानै सेनाको हेलिकोप्टरमा हुम्ला पुगेको थियो ।