मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ४ बुधबार १९:०७:००
Read Time : < 1 मिनेट
समाचार

दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ४ बुधबार १९:०७:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । 

थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको टिप्पणी गरे । राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढ्ने लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार र दिशाहिन देखिएको प्रमुख प्रतिपक्ष कांग्रेसले पटकपटक बेइमानी गरेको उल्लेख गर्दै जनताले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा लिएको दावी गरे ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने बताए ।