Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ४ बुधबार १२:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

गुठी विधेयक खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ४ बुधबार १२:४०:००

तस्बिर : अमुल थापा/संजित परियार

राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोध भएपछि मंगलबार विधेयक फिर्ता लिएको घाेषणा भएको थियो । भूमिव्यवस्थामन्त्री पद्या अर्यालले सरोकारवालासँगको छलफलपछि मात्र यसलाई अघि बढाउनुपर्ने भन्दै विधेयक फिर्ता लिएको घाेषणा गरेकी हुन् । 

तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने भन्दै खबरदारीका लागि विधेयक फिर्ता होइन खारेज हुनुपर्छ भन्दै बुधबार राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेका छन् । 

काठमाडौंको विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

खबरदारीसभा हुनु अघि  ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।