मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
२o८२ श्रावण ४ आइतबार १९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा लागुऔषधसहित सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १९:४८:oo

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौँडाका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी सातजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका– १ बस्ने २० वर्षीय सतिस लामा, वडा नम्बर ५ सानो पोखरा बस्ने २० वर्षीय सन्जीव लामा, भीमफेदी गाउँपालिका–२, कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलान रहेका छन्। उनीहरूको साथबाट खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

त्यसैगरी, हेटौँडा–१५ स्थित रातोमाटे चेकपोइन्टमा जाँचका क्रममा प्रहरीले ना ३७ प ६४४९ नम्बरको मोटरसाइकलचालक, पर्सा पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

यस्तै, सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौँडा–९, लामसुरे बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी राजगढ गाउँपालिका–२, बनैनियाका अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम लागुऔषध फेला परेको प्रवक्ता अर्यालले जानकारी दिए।

अर्यालका अनुसार सातैजनाको साथबाट कुल ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो। बरामद लागुऔषधसहित उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता अर्यालले बताए।