मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १८:o९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गमा जाने पर्यटक ५५ हजारले बढे ,आधाभन्दा बढी पर्यटक भारतका  

 १७२ देशका दुई लाख ७८ हजार ११३ जना पर्यटकले गरे भ्रमण          

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

विश्वकै १० मध्येको एक पदयात्रा मार्गका रुपमा परिचित अन्नपुर्ण चक्रीय पदमार्गको भ्रमण गर्ने पर्यटहरुको संख्या ५५ हजार ९३३ ले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा पदमार्गमा भ्रमण गर्ने पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको हो । पदमार्ग क्षेत्रमा पुगेका पर्यटकहरुको संख्या हालसम्मकै धेरै हो ।

पदमार्गमा अघिल्लो आर्थिक वर्ष दुई लाख २२ हजार १८० पर्यटकले सो क्षेत्रको भ्रमण गरेकोमा गत आर्थिक वर्ष सो संख्यामा ५५ हजार ९३३ ले बढेर दुई लाख ७८ हजार ११३ पुगेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रमुख डा रविन कडरियाले जानकारी दिए । त्यस अघि आर्थिक वर्ष २०७९/८० मा एक लाख ७२ हजार १०८ पर्यटक सो क्षेत्रमा पुगेका थिए ।

भ्रमण गर्ने पर्यटकहरुको महिनागत रुपमा गत वर्षको संख्या हेर्दा सवैभन्दा बढी चैतमा ४४ हजार ९७७ र सवैभन्दा कम साउनमा पाँच हजार ७१० जना रहेका छन् । कोरोनाका कारण सन २०२० देखि सुरुताएको पदमार्गमा अघिल्लो वर्षदेखि चहलपहल बढेको र गत वर्ष भने हालसम्मकै धेरै पर्यटक पुगेर रेकर्ड कायम गरेको कडरियाले जानकारी दिए । 

पर्यटकहरु मध्ये वैशाखमा ४१ हजार ८५३, कात्तिकमा ३३ हजार ३१०, जेठमा ३१ हजार ९५५, असोजमा ३० हजार ७३२, असारमा १९ हजार ७४९, फागुनमा १९ हजार ४७०, पुसमा १४ हजार ३३, मसिरमा १४ हजार ११, भाद्रमा १३ हजार २७९ र माघमा नौ हजार ३४ जना पर्यटक पदमार्ग पुगेका कडरियाले बताए । 

पदमार्गमा क्षेत्रमा कास्कीको घान्द्रुक, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, सिक्लेस, ल्वाङ, म्याग्दीको घोडेपानी, पुनहिल, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लगायतका चर्चित पर्यटकीय गन्तव्यहरु रहेका छन् । सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहहरु पर्दछन् ।

आधा बढी पर्यटक भारतका                                                                                                                                                                

पदमार्गमा पुगेका पर्यटहरुमध्ये सार्क राष्ट्रका पर्यटकहरुको संख्या सबैभन्दा धेरै रहेका छन् । कुल दुई लाख ७८ हजार ११३ पर्यटकहरु मध्ये सार्क राष्ट्रका एक लाख ५७ हजार ७८६ जना रहेका छन् भने तेस्रो राष्ट्रका एक लाख २० हजार ३२७ जना रहेका कडरियाले जानकारी दिए । सार्क राष्ट्रका पर्यटकहरु मध्ये सबैभन्दा धेरै भारतका रहेका छन् । कुल पर्यटक मध्ये भारतका मात्र एक लाख ५३ हजार ८६५ जना रहेका छन् । विशेष गरि भारतीय पर्यटकहरु मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने गर्दछन् ।

तेस्रो राष्ट्र मध्ये सबैभन्दा धेरै पर्यटक चीनका १० हजार ७०९ जना पदमार्गको भ्रमणका लागि पुगेका छन् । यसै गरि अमेरिकाका नौ हजार ५३७, फ्रान्सका नौ हजार १९७, बेलायतका आठ हजार ३३५, जर्मनका आठ हजार ७०, कोरियाका ६ हजार ५४२, अष्ट्रेलियाका ६ हजार ५१८ इजरायलका ६ हजार ४२५, मलेशियाका पाँच हजार ७२ जना पदमार्गमा पुगेका छन् ।
चक्रिय पदमार्गमा पदयात्राका लागि जाने अधिकासं पर्यटक अन्नपुर्ण आधार शिविरसम्म पुग्ने गरेका छन् ।

अन्नपुर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङका अनुसार पदमार्गमा पर्यटकहरुको संख्या बढाउन आवश्यक पुर्वाधारहरु आवश्यक रहेको बताए । पदमार्गमा जाने पर्यटकहरुबाट वार्षिक रुपमा जती राजश्व उड्न सो अनुसार यस्को संरक्षण र विकासका लागि भने काम नभएको उनले गुनासो गरे ।

पदमार्गमा आवश्यक पुर्वाधारहरुको विकास र विस्तार गर्न सके पर्यटकको संख्या बढ्ने र यस्ले रोजगारी सृजना हुने भएकाले विदेशीने युवाहरुलाई देशमै रोक्न सकिने भनाई उनको छ । एक पटक यस क्षेत्रमा आएका पर्यटकलाई पुनः आउने वातावरण कसरि वनाउने भन्ने काममा आफुहरु लागेको उनले बताए ।

विशेष गरि पदमार्गबाट देखिने हिमश्रृखला, मनोरम प्राकृतिक दृश्य, जैविक विविधता, चरा चुरिङि, सस्कृती, स्वच्छ हावापानी, लालि गुरासको जंगल लगायतका कुराले पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताए । एक दशक अघि चक्रीय पदमार्ग पुरा गर्न २०/२१ दिन लाग्ने गरेकोमा हाल घटेर एक हप्तामा सिमित हुन पुगेको बताउछन् टान गण्डकीका अध्यक्ष कृष्ण आर्चाय । पदमार्गमा खनिएका सडकका कारण पदयात्रा गर्ने समय घटेको सगै पर्यटकको बसाई समेट छोट्टीएको उनले बताए ।

पदयात्रीहरुको संख्या बढाउन हाल भै रहेका पदमार्गको संरक्षण र नयाँ स्थानको खोजी गरि आवश्यक पुर्वाधार निमार्ण गर्न आवश्यक रहेको भनाई उनको छ ।