मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३ मंगलबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार

नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध नेविसंघद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३ मंगलबार ११:५७:००

विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य र नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाहीको माग राख्दै नेपाल विद्यार्थी संघले आन्दोलन गरेको छ ।

बानेश्वरस्थित यूनिग्लोबल कलेजअगाडि मंगलबार संघले विश्वविद्यालयको वेतिथीविरुद्ध आन्दोलन गरेको हो । पोखरा विश्वविद्यालयअन्तरगतका ४२ कलेजले नियमविपरित विद्यार्थी भर्ना गरेकोले आन्दोलन गर्नुपरेको नेविसंघका नेता मनिष सिंखडाले बताए ।

संघका अनुसार कक्षा ११ र १२ मा छुट्टाछुट्टै विषयमा ग्रेड ‘सी’ सम्म ल्याउने विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने नियमविपरित ४२ कलेजले ‘डी प्लस’ ल्याउनेलाई भर्ना गरेको थियो । 
‘विश्वविद्यालयका यी सबै वेथितीका प्रमुख कारक तत्व दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुनु हो,’ संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने, ‘विश्वविद्यालयका पदाधिकारी राजनीतिक दलको कार्यकर्ता र कलेजवाला चन्दादाता भएकाले यो समस्या आएको हो ।’

आन्दोलनमा संघले विभिन्न व्यंग्यात्मक गीत गाउनुका साथै प्ले कार्डसहित प्रदर्शन गरेका थिए । दोषी कलेजलाई कारबाही नहुन्जेल आन्दोल जारी रहने नेता सिंखडाले बताए । ४२ वटै कलेज अगाडि प्रदर्शन गर्ने र अन्त्यमा पोखरा विश्वविद्यालयमागएर आन्दोलन गर्ने सिंखडाले जानकारी दिए ।

तस्बिर : अमुल थापा