मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
२o८२ श्रावण ४ आइतबार १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच वार्ता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १६:२९:oo

एमाले मुख्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच वार्ता जारी छ। च्यासलसहित एमाले मुख्यालय भएका ठाउँमा भण्डारी झन्डै एक दशकपछि पुगेकी हुन्। 

अहिले भण्डारी र ओलीको वार्ता जारी रहेको छ। एमाले केन्द्रीय समितिको बैठकअघि नै रहेको विवाद सुल्झाउने गरी यो वार्ता तय गरिएको थियो। ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर, ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिङमा राखिएको बताएका थिए ।