
सन् २०१२ : अमेरिकाको कोलोराडोमा डार्क नाइट राइज इन औरोराको प्रिमियरका क्रममा एउटा नाट्यशालामा गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते ।
सन् १९१९ : सर एड्मन्ड हिलारीको जन्मदिन । न्युजिल्यान्डको अकल्यान्डमा जन्मिएका हिलारीको मृत्यु सन् २००८ जनवरी ११ मा ८८ वर्षको उमेरमा भएको थियो । उनले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पासँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
सन् १९४४ : दोस्रो विश्वयुद्धको समयमा जर्मनीका सैन्य नेताहरूले एडोफ हिटलरको हत्या गर्ने प्रयास गरे ।
सन् १९६९ : एपोलो ११ को चन्द्रमामा अवतरण । निल आर्मस्ट्रङ र बज एल्ड्रिनलाई बोकेर यो यान सुरक्षित रूपमा चन्द्रमाको शान्ति सागरमा अवतरण भयो ।
सन् १९७४ : साइप्रसमाथि टर्कीको आक्रमण । उक्त आक्रमण साइप्रसमा भएको विद्रोहको जवाफ थियो ।
सन् १९७६ : मंगल ग्रहमा भाइकिङ प्रथमको अवतरण । भाइकिङ कार्यक्रम अंशअन्तर्गत अमेरिकी अन्तरिक्षयान भाइकिङ मंगल ग्रहमा सफलतापूर्वक अवतरण गर्ने यान हो ।