मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकताका आधारमा कार्यान्वयन गरौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२६:oo
  • स्थानीय सरकार नै नागरिकसँग सबैभन्दा नजिक हुने भएकाले उनीहरूले समुदायको आवश्यकता बुझ्न सक्छन्

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता, ज्ञान र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । न्युयोर्कमा सम्पन्न ‘दिगो विकास लक्ष्य स्थानीयकरण साझेदारी मञ्च २०२५’को वार्षिक बैठकमा प्रमुख वक्ताका रूपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष अधिकारीले शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारणजस्ता विषय एक–आपसमा जोडिने हुँदा एकीकृत र समन्वित स्थानीय प्रयासबाट मात्रै दिगो र दीर्घकालीन परिवर्तन सम्भव हुने बताए ।

नेपालमा संघीय संरचनाअन्तर्गत तीन तहको सरकार रहेको जानकारी गराउँदै, स्थानीय सरकारहरू नै नागरिकसँग सबैभन्दा नजिक हुने भएकाले उनीहरूले आफ्ना समुदायको आवश्यकता बुझ्न, चाँडो प्रतिक्रिया दिन र प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न सक्ने बताए ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले रणनीति तयार गर्ने, मार्गदर्शन गर्ने, अनुगमन गर्ने र सबै तहमा क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको समेत उपाध्यक्ष अधिकारीले जानकारी दिए ।