मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका राजविराज
२o८२ श्रावण ३ शनिबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १४:२४:oo

अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा शनिबार करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ । 

स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो  । करेन्ट लागेका उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । 

राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा  एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । 


स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जानकारी दिए ।