मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
डा. रोशन झा
२o८२ श्रावण ३ शनिबार o९:४२:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
डा. रोशन झा
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार o९:४२:oo

हामीलाई कहिलेकाहीँ बसिरहँदा वा हिँडिरहँदा घुमाइरहे जस्तो महसुस हुने, हल्लाएजस्तो हुने हुन सक्छ । यस्तो कसैलाई कहिलेकाहीँ हुन्छ भने कसैलाई निरन्तर दोहोरिएको पनि हुन सक्छ । जब तपाईंको दिमागमा नियमित मात्रमा रगत सञ्चालन हुन सक्दैन त्यतिवेला रिंगटा लागेको महसुस हुन्छ ।

कारण

  • कानमा शरीरलाई सन्तुलन राख्ने नसा हुन्छ । उक्त नसामा समस्या भए रिंगटा लाग्छ सक्छ । 
  • आँखाको समस्याका कारण पनि रिंगटा लाग्न सक्छ । रिफ्लेक्टिभ पावरको सन्तुलन नमिलेर कम वा बढी भयो भने रिंगटा लाग्न सक्छ । 
  • कुनै कारण मस्तिष्कमा रगत जम्न गयो भने पनि रिंगटा लाग्न सक्छ । यस्तै, उच्च रक्तचाप वा कम रक्तचाप हुँदा पनि दिमागमा रगतको प्रवाहमा असर पुग्छ, जसका कारण रिंगटा लाग्ने हुन्छ ।
  • मुटुको धड्कन कम हुँदा वा रगत सर्कुलेसन नियमित नहुँदा वा मुटुले रगत पम्प गर्न नसेकमा पनि हुन्छ ।
  • शरीरमा कडा खालको दुखाइ भएमा पनि हुन्छ ।
  • शरीरमा ग्लुकोजको मात्रा कम भएमा वा बढी पनि हुन सक्छ । 
  • एक्कासी धेरै तातो ठाउँमा बस्दा वा हिँड्दा पनि रिंगटा लाग्छ । 

यसबाहेक खानपानमा कमी, झाडापखाला, बान्ता, उच्च ज्वरो, धेरै गर्मी हुँदा पानी पिउने वा बढी काम गर्दा पनि शरीरमा पानीको मात्रा कम भई रिंगटा लाग्छ ।

जटिल अवस्था 

  •  टाउको दुखेर रिंगटा लागेमा 
  •  बारम्बार रिंगटा लागिरहे वा लामो समय लागिरहेमा 
  •  सुन्ने शक्ति र दृष्टिमा फरक परेमा 
  •  हातखुट्टा कमजोर भएको महसुस भएमा 
  •  सामान्य मानिस सहयोगविना हिँड्न नसकेमा 
  •  छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा । टाउँको चोट लागेमा, छारेरोग, घाँटी कडा हुने समस्या भएमा । 

रिंगटा लागे के गर्ने ?

  •  आराम गरेर बस्ने, हलचल नगर्ने 
  •  शारीरिक अवस्था चाँडोचाँडो परिवर्तन नगर्ने
  •  बढी चम्किलो प्रकाशमा नहेर्ने 
  •  नजिकै रहेको कुनै पनि चिजको सहायता लिने समाउने 
  •  शारीरिक सन्तुलनका लागि खानपानलाई सन्तुलित बनाउने । 
  •  बारम्बार रिंगटा लाग्छ भने बसेर उठ्दा नजिकैको चिज समातेर उठ्ने 
  •  सुतेर उठ्दा पहिले बिस्तारै बस्ने र एकछिन आराम गरेर मात्र उठ्ने 
  •  अचानक उठ्ने, बस्ने वा शरीरको स्थिति परिवर्तन नगर्ने, रिंगटा लाग्ने समस्या छ भने मेसिनरी सामग्रीको नजिक रहेर काम नगर्ने । जस्तै ड्राइभिङ, पौडी नखेल्ने । 
  •  रिंगटा लाग्ने धेरै कारण भएकाले पहिले कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।