मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 19 July, 2025
Invalid date format o९:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई सिँचाइ उपकरण सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

मधेश प्रदेश सुक्खाग्रस्त घोषणासँगै कृषकलाई राहत प्रदान गर्न साना सिँचाइ उपकरण वितरण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेसनलले साझेदार संस्था ग्रामीण विकास समाजमार्फत महोत्तरीको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाका विपन्न कृषकलाई सो सहयोग गरेको हो ।

वर्ल्ड भिजनले एकडारा गाउँपालिकाका १८ घरधुरी र सम्सी गाउँपालिकाको ३२ घरधुरीमा साना सिँचाइ उपकरण सहयोग गरेको हो । त्यस्तै, खानेपानीका लागि एकडारा गाउँपालिकामा ५५ र सम्सी गाउँपालिकामा तीन सय १४ वटा चापाकलसमेत जडान गरिएको वर्ल्ड भिजनका मधेश प्रदेश प्रमुख विनय अमात्यले बताए । 

स्थानीय साझेदार संस्थाहरू राष्ट्रिय रोजगार प्रवद्धन केन्द्र, सर्लाही र ग्रामीण विकास केन्द्र रौतहटमार्फत सर्लाहीको हरिपुर्वा नगरपालिकामा ५० घरधुरी र रौतहट माधवनारायणमा ४७ घरधुरीमा सिँचाइ उपकरण सहयोग गरिएको उनले बताए ।

हरिपुर्वामा ९३ घरधुरी र पर्सामा ४२ घरधुरीमा चापाकल जडान गरिएको पनि उनले जानकारी दिए । वर्ल्ड भिजनले आफ्नो कार्यक्षेत्रमा खानेपानी तथा सिँचाइको तत्काल र दिर्घकालीन समस्या समाधानका लागि स्थानीय तहसँग सहकार्य र समन्वय गरी नियमित कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख अमात्यको भनाइ छ ।