मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १०:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : काठमाडौंलाई एक सय ५० रनको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १०:३१:००

एभरेष्ट प्रिमियर लिगको शनिबारको  पहिलो खेलमा भैरहवा ग्याडियटर्सले काठमाडौं किंग्स इलाभेनलाई जितका लागि एक सय ५० रनको चुनौती दिएको छ । काठमाडौंले टस जित्दै भैरहवालाई ब्याटिङको निम्तो दिएको थियाे । पहिले ब्याटिङ गर्दै भैरहवाले पुरा अाेभर खेल्दै ४ विकेटकाे क्षतिमा एक सय ४९ रन जाेडेकाे हाे । भैरहवाका लागि इन्दर सिंह सर्वाधिक ८६ रनकाे याेगदान गरे । ६१ बलकाे सामना गर्दै उनले ६ चाैका र ४ छक्का प्रहार गरे । भैरहवाका कप्तान ३९ रनकाे याेगदान गरे ।  

 प्ले अफ स्थान सुरक्षित गरिसकेको भैरहवा आजको खेलमा जित निकाल्दै लिगकाे शिर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदाना प्रवेश गर्नेछ । प्रतियोगितामा अपराजित भैरहवा ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ  । काठमाडौले ३ खेलबाट ४ अंक जोडेको छ ।