मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार ३ मंगलबार ०८:०८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण हुन्छ बालबालिकालाई कुपोषण

Read Time : < 1 मिनेट
२०७६ असार ३ मंगलबार ०८:०८:००
  •  शरीरलाई आवश्यक खाना र पोषक तत्वको कमीले बालबालिकाको शरीर कमजोर हुने गर्छ । यसले बच्चा दुब्लो पातलो हुने, रोगले चाँडै संक्रमित बनाउने हुन्छ । यस्तो हुँदा बच्चा बिरामी भइरहने हुन्छ । 
  •  कतिपय बच्चामा विभिन्न रोगको संक्रमणबाट समेत कुपोषण भइरहेको हुन्छ । बालबालिकाको नियमित स्वास्थ्य परीक्षण नगराउँदा, सरसफाइमा ध्यान नदिँदा उनीहरू कुपोषणको सिकार हुन्छन् । खासगरी, विकटक्षेत्र चथा स्वास्थ्यसम्बन्धी कम चेतना भएका ग्रामीण क्षेत्रका बालबालिका रोग तथा संक्रमणबाट बढी प्रभावित भएको पाइन्छ । 
  •  अभिभावकमा पोषणसम्बन्धी ज्ञान नहुँदा धेरैजसो बालबालिका कुपोषणको समस्याबाट गुज्रिरहेका छन् । खासगरी, बच्चाहरूलाई जंकफुड, फास्टफुड आदि बढी खुवाउने प्रवृत्ति तथा पोषणका नाममा बाँडिने प्याकेटको खानेकुराले समेत कुपोषण बढाएको पाइन्छ ।

रोकथाम र उपचार

  •  कुपोषण हुन नदिन बालबालिकालाई पर्याप्त स्तनपान गराउन जरुरी छ । स्तनपानले साना बच्चाको पोषणमा ठूलो सहयोग पु-याउँछ । 
  •  राम्रोसँग बच्चाको हेरचाह गर्नुपर्छ । नियमित रूपमा ताजा फलफूल, हरियो सागसब्जी र प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्छ । 
  •  समय–समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउन आवश्यक छ । कुपोषण सुरुवाती चरणमै भएमा पौष्टिक खाना खुवाएरै निको पार्न सकिन्छ । 
  •  कुपोषणको अवस्था जटिल देखिएमा अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । शरीरलाई आवश्यक तत्व परिपूर्ति गराउन करिब एक हप्ता अस्पताल राख्न अनिवार्य छ ।