Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रकाश धौलाकोटी
२०७५ पौष १६ सोमबार ११:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

१६ बिरामीलाई गाउँपालिकाको उपचार सहयोग

Read Time : < 1 मिनेट
प्रकाश धौलाकोटी
२०७५ पौष १६ सोमबार ११:०४:००

आठराई गाउँपालिकाले जटिल प्रकृतिका रोग र विपद्बाट पीडितलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आकस्मिक कोष सञ्चालनमा ल्याएको छ । कोषमा तत्कालका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिए । ‘कोषबाट गाउँपालिका क्षेत्रका मस्तिष्क, क्यान्सर, मुटु, मिर्गौला, हृदयघातजस्ता जटिल प्रकृतिका रोगबाट पीडितलाई उपचारमा सहयोग प्रदान गर्ने उद्देश्य छ,’ लिम्बूले भने । पीडितलाई अधिकतम ३० हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने गरिएको छ । कोषबाट चालू आर्थिक वर्षमा १६ जना व्यक्ति र एउटा विद्यालयलाई सहयोग उपलब्ध गराइएको अध्यक्ष लिम्बूले बताए ।

 आँखाका बिरामी करण थापा, ब्लड क्यान्सरपीडित मोहन लिम्बू, अतिप्रभावित मानबहादुर ल्वागुनलाई जनही ३० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ । यस्तै, अंगभंग भएकी मनीषा लुईंटेल, मेदनीप्रसाद मोक्तान र डम्बरबहादुर तामाङलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ । विपद् प्रभावित केलिङ आधारभूत विद्यालयलाई १५ हजार, भीमबहादुर बाराकोटीलाई १५ हजार र मिर्गौलापीडित बलबहादुर विक, मस्तिष्कपीडित जयनारायण आचार्य, क्यान्सरपीडित गंगीमाया लिम्बू, ब्लड क्यान्सरपीडित पदम बाँस्कोटा, फोक्सोका बिरामी विवेश लिम्बू र मस्तिष्कपीडित डम्बरबहादुर थापालाई जनही २० हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

त्यसैगरी, मुटुरोगबाट पीडित सरस्वता ढुंगेल, खेमबहादुर लिम्बू र कुमारी लिम्बूलाई जनही १० हजार रुपैयाँका दरले सहयोग गरिएको छ । कोषको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा प्रहरी, रेडक्रस, संघसंस्था र पत्रकारसमेत सहभागी समिति रहने कार्यविधिमा व्यवस्था गरिएको छ । कार्यविधिमा जुनसुकै विपद्मा परी परिवारको सदस्य गुमाएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ सहयोग गर्ने उल्लेख छ ।