मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
देवेन्द्र कार्की
२०७५ पौष १६ सोमबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार

सरकारलाई हतियार बुझाउँदै भूमिगत समूह, तीन जिल्लाका १७ जनाले बुझाए हतियार

Read Time : < 1 मिनेट
देवेन्द्र कार्की
२०७५ पौष १६ सोमबार ११:०४:००

सुनसरी, मोरङ र सप्तरीमा मंसिर २६ यता १७ जनाले अवैध हतियार बुझाएका छन् । शान्तिपूर्ण राजनीतिमा आउने अठोट गर्दै भूमिगत समूहमा आवद्ध १७ जनाले २१ थान कटुवा पेस्तोल र सात थान गोली सम्बन्धित जिल्ला प्रशासन कार्यलयमा बुझाएका हुन् ।  पछिल्लो समय सरकारले असन्तुष्ट समूह तथा भूमिगत समूहका लागि वार्ता टोली गठन गरेर सहमतिमा ल्याउने अभियान सुरु गरेकाले हतियार बुझाउने क्रम बढेको प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले बताए ।

सुनसरी सदरमुकाम इनरुवामा खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा र नेपाल सरकारको वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच भएको सहमतिअनुसार मोर्चाले जिल्ला प्रशासन कार्यालयमा हतियार बुझाएको हो । मोर्चाका वार्ता टोली संयोजक डेबिड खुम्बूले हतियार बुझाएका हुन् । त्यसैगरी, जनतान्त्रिक तराई मुक्तिमोर्चा (विवेक समूह) ले पनि हतियार बुझाएको छ । समूहका वार्ता टोली संयोजक विनोदकुमार यादव भन्ने विवेक यादवले एक थान कटुवा पेस्तोल रत्यसमा लाग्ने दुई थान गोली बुझाएका हुन् । 

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी सुनसरीका प्रमुख सुरेशकुमार श्रेष्ठ, नेपाली सेनाका घनश्याम भट्टराई, राष्ट्रिय अनुसन्धान आयोग सुनसरीका प्रमुख टीकाप्रसाद पोखरेललगायतको सहभागिता थियो ।जनतान्त्रिकले पनि बुझायो केही दिनअघि अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहकै चारजनाले विराटनगरमा सरकारी वार्ता टोलीसमक्ष हतियार बुझाएका थिए । २७ मंसिरमा रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरियाले पनि हतियार बुझाएका थिए । उनीहरूले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेलाई बुझाएका हुन् । बाँकी हतियार पनि बुझाइने उनीहरूले बताएका छन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) बाट विद्रोह गरी ११ जना केन्द्रीय सदस्यले २६ मंसिरमा सप्तरीमा हतियार बुझाएका थिए ।