Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असार १ आइतबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार

घडीअर्वा पोखरीमा गंगा आरती सुरु 

Read Time : < 1 मिनेट
२०७६ असार १ आइतबार २१:३१:००

वीरगन्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा आइतबारदेखि गंगा आरती सुरु भएको छ । घडीअर्वा पोखरी परिसरमा साताको एक दिन आइतबार सूर्य गंगा आरती सुरु भएको हो । प्रदेश-२ का प्रमुख रत्नेश्वरलाल कायस्थले सूर्य गंगा आरतीको उद्घाटन गरेका थिए ।

वीरगञ्ज सहरको मध्य भाग्यमा अवस्थित पोखरीको धार्मिक र पर्यटकीय पहिचानलाई अझ प्रचार प्रसार गर्न गंगा आरती आयोजना गरिएको अध्यक्ष अशोक वैद्यले जानकारी दिए । आपसी सहिष्णुता, धार्मिक सद्भाव, संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्धनका लागि गंगा आरतीले सकरात्मक भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।