१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १ आइतबार २१:१७:००
Read Time : < 1 मिनेट
समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १ आइतबार २१:१७:००

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई रूपैयाँले घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । रासस