मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका बुटवल
२०७६ असार १ आइतबार २०:०४:००
Read Time : < 1 मिनेट
अर्थ

प्रदेश ५ मा ३६ अर्ब ४१ करोडको बजेट (पूर्ण पाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ असार १ आइतबार २०:०४:००

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६-०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । गत वर्षभन्दा ८ अर्ब बढीको बजेट आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत समालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरे ।

चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख (३६ दशमलव ९४ प्रतिशत) र पुँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख (५१ दशमलव शुन्य १ प्रतिशत) रहेको छ । वित्तिय हस्तान्तरणअन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सर्सत अनुदानतर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानिकरण अनुदानतर्फ ५० करोड, समपुरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरिएको छ ।

वित्तिय हस्तान्तरणको अंश कूल बजेटको १२ दशमलव शुन्य ५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाडफाडबाट ३० करोड, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सर्सत अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आवको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान गरिएको छ ।