मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १ आइतबार १५:४६:००
Read Time : < 1 मिनेट
समाचार

गुठी विधेयकबारे गलत प्रचार भयो : सांसद शान्ता चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १ आइतबार १५:४६:००

नेकपाका सांसद सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उनले संविधान विपरित विधेयक नभएको दाबी गरिन् ।

दाङको स्वर्गद्वारी गुठीको १२ सय विघाहा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा पनि आवाज उठाउनुपर्ने बताइन् । ‘गणतन्त्र किन चाहियो गरिबका लागि बोल्न हुँदैन भने ?,’ उनले प्रश्न गरिन, ‘धर्म हाम्रो आस्था हो संस्कृति हो । पहिचान हो । तर मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र ?’ 

उनले यही प्रश्नको जवाफ खोजिरहेको बताइन् ।