मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार १ आइतबार १५:४३:००
Read Time : < 1 मिनेट
समाचार

८२ पाकेटमार पक्राउ, यस्ता छन् उनीहरुको कोड भाषा

Read Time : < 1 मिनेट
२०७६ असार १ आइतबार १५:४३:००

प्रहरीले उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्ने गिरोहका ८२ सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ४ महिला छ । बाँकी ७८ पुरुष छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले महिना दिन एता चलाएको स्वीप अपरेशनबाट उनहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने अधिकांश पटके छन् । प्रहरीका अनुसार  लालध्वाज जिम्वा यस अघि नौ पटकसम्म पक्राउ परेका अभियुक्त हुन् । यही क्रममा पक्राउ मध्ये सौगाम मल्लले भने आफू प्रहरी निरीक्षक र प्रहरी हवल्दार भनेर पटेक मार्दै आएका थिए । 

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले पक्राउ मध्ये अधिकांश निजी कम्पनीले चलाउने  सार्वजनिक बसमा पाकेट मार्ने गर्थे । उनले भने,‘चक्रपथ भित्र साझाको पनि बस चल्छ । तर, त्यसमा उनीहरुले कम पाकेट मारेको पाइएको छ । त्यस बाहेकका बसमा भने यीनीहरुले धेरै जनाको प्याकेट मारेको भेटिएको छ ।’

यस्तो छ, पाकटेमारको कोड भाषा 
प्रहरीका अनुसार उनीहरुले पाकेट मार्न कोड भाषा प्रयोग गर्दै आएका थिए । जस अनुसार उनीहरु पैसालाई द, मोवाईललाई कान, पाकेटमारी पीडित भएकालाई रामे, पाकेट मार्ने गिरोहका प्रमुखलाई काशी भन्ने गर्थे । त्यस्तै उनीहरु पैसा धेर छ भने टानको त पैसा थोरै छ जुटको द भन्ने गर्थे ।

गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री पुलिस आयो ठल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले भन्ने गर्थे । गाडीबाट झरेर भाग्न टप्की, गाडीबाट अघि सर्न अकल जा, गाडीबाट भित्र पछाडि सर भन्नलाई चिछल जा भन्ने गर्थे ।