मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १ आइतबार १४:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कर्मचारीलाई राष्ट्रको उन्नतिमा जुट्न राष्ट्रपतिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १ आइतबार १४:५४:००

राष्ट्रपति विद्या भण्डारीले लोकसेवा आयोगको कामकारबाहीको प्रशंशा गरेकी छन् । भण्डारीले आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन उनले आग्रह गरिन् । 

आयोगको ६९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको बताइन् । लोक सेवा आयोगले परिक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयास गरिरहेको भण्डारीको भनाई छ ।

राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिन् । त्यस अवसरमा उनले कर्मचारीहरुलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति तथा प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गरिन् ।