मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार १ आइतबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लोकसेवाको विज्ञापन रद्द गर्ने समितिको निर्णयमाथि सर्वोच्चमा रिट दर्ता 

Read Time : < 1 मिनेट
२०७६ असार १ आइतबार १४:५८:००

लोकसेवाको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा परामर्श समितिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा अधिवक्ता राजाराम घिमिरेले रिट दायर गरेका छन् । 

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले रिट दर्ता भएको पुष्टि गरे । रिटमा समितिकाे निणर्य खारेज गर्न माग गरिएकाे छ । 

यसअघि नै लोकसेवाको विज्ञापनको खारेजीको माग राख्दै सर्वोच्चमा रिट दायर भइसकेको छ । सर्वोच्चले लोकसेवालाई `विज्ञापन किन खारेज नगर्ने´ भन्दै लिखित जवाफ माग गरेको थियो । जसको पेसी आगामी ३ असारका लागि तोकिएको छ ।

याेसँगै लोकसेवाको विज्ञापनको पक्ष र विपक्षमा सर्वोच्चमा रिट दायर भएकाे छ ।