१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार १ आइतबार १४:४८:००
Read Time : < 1 मिनेट
समाचार

संवैधानिक व्यवस्थालाई लोकसेवाले पूर्ण कार्यान्वयन गरेको छ : अध्यक्ष मैनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार १ आइतबार १४:४८:००

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।

आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रदेश लोक सेवा आयोग गठन छिटो होस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धि जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी दिए । 

अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको उल्लेख गरे ।