१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार १ आइतबार १४:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाल गायक प्रितमलाई झापामा भव्य सम्मान

Read Time : < 1 मिनेट
२०७६ असार १ आइतबार १४:४०:००

भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई आइतबार बिर्तामोडमा भव्य सम्मान गरिएको छ । 

इटहरीका आचार्यलाई नेपाल संगीत कलाकर्मी संघ झापा र बिर्तामोडस्थित सरगम संगीतालयले नगदसहित सम्मान गरेको हो ।

बाबु काशीराम आचार्यसहित पुगेका प्रितमलाई स्वागत गर्न बिर्तामोडका सयौँ बालबालिका र कलाकर्मी भेला भएका थिए । संगीत सिक्दै गरेका बिर्तामोडका बालबालिकालाई प्रितमले हिन्दी गीत ‘सन्देश आते है’ र ‘तडप तडक के इस दिल’ तथा भक्तराज आचार्यको नेपाली गीत ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ गाएर सुनाए । 

कार्यक्रमपश्चात प्रितमसँग फोटो खिच्नेको भीड नै लाग्यो । प्रितम नेपालकै गहना भएकाले झापा बोलाएर सम्मान गरिएको सरगम संगीतालयका प्रवन्धक दीपक रायामाझीले बताए । सारेगमप लिटिल च्याम्प’मा सेकेन्ड रनर अप हुन सफल प्रितम यतिबेला सम्मान थाप्नमै व्यस्त छन् ।

कार्यक्रमका प्रमुख अतिथि संगीत कलाकर्मी संघका केन्द्रीय अध्यक्ष डीबी गुरुङ, सरगम संगीतालयका प्रवन्धक दीपक रायामाझी, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ लगायतले प्रितमलाई सम्मानपत्र प्रदान गरेका थिए । 

भारतबाट फर्किएलगत्तै प्रितमलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गर्‍यो । गत सोमबार प्रितम पूर्वी नाका काँकडभिट्टा हुँदै स्वेदश फर्किएका थिए । प्रतियोगितामा भाग लिन भारत जानुअघि पनि प्रितमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गर्दै विदाइ गरेका थिए ।

१० जेठ २०६५ मा जन्मिएका इटहरी उपमहानगरपालिका–५ का प्रितमले ४ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् ।