मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दुर्गा न्याैपाने काठमाडाैं
२०७६ असार १ आइतबार १२:११:००
Read Time : > 2 मिनेट
लोकसेवा

सामान्य ज्ञान

Read Time : > 2 मिनेट
दुर्गा न्याैपाने काठमाडाैं
२०७६ असार १ आइतबार १२:११:००

१. नेपालसँग श्रम सम्झौता गर्ने पहिलो अफ्रिकी राष्ट्र कुन हो ?
मोरिसस । २८ जेठ ०७६ मा सम्झौता भएको । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट तथा मोरिससको तर्फबाट सुदेस एस क्यालिचर्नले हस्ताक्षर गरेका । 

२. तेस्रो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता ०७६ को उपाधि कसले जितेको छ ?

नेपाल पुलिस क्लब (उपविजेता त्रिभुवन आर्मी क्लब, फाइनल खेलमा ४ विकेटले पुलिस क्लबले जितेको, पहिलो संस्करण ०७४ मा सम्पन्न भएको थियो)

३. काजकास्तानको नयाँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?
कास्यम जोमार्ट तोकायभ । १२ जुन २०१९ मा ७१ प्रतिशत मत ल्याएर निर्वाचित भएका हुन् । 

४. युनिसेफका अनुसार सबैभन्दा धेरै बालविवाह हुने मुलुकमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
१०औँं (विश्वका ८२ मुलुकमा गरिएको अध्ययनअनुसार सबैभन्दा धेरै बालविवाह हुने मुलुकको प्रथम स्थानमा मध्यअफ्रिकी गणतन्त्र रहेको छ ।)

५. २०१९ मा हुने कोप – २५ कुन देशमा हुने भएको छ ?
चिलिमा (२०१८ मा पोल्यान्डमा भएको थियो भने कोप – १ सन् १९९५ मार्च २८ देखि अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा भएको थियो ।)

६. नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्ग नामकरण गरिएको छ ?
सुर्खेत – हिल्सा सडक

७. सिएनएन हिरो – २०१८ को भएको थियो ?
रिकार्डाे पुन –चोंग (पेरु, यो अवार्डको सुरुवात २००७ बाट प्रदान गर्न थालिएको हो)

८. महान भौतिकशास्त्री स्टेफन हकिन्स कुन रोगले ग्रसित थिए ?
Amyotrophic Lateral Sclerosis (ALC) यमियोट्रोफिक ल्याटेरल स्लेरोसिस (एएलसी) (स्मरण रहोस्, उनको जन्म ८ जनवरी १९४२ मा इंग्ल्यान्ड र मृत्यु ४ मार्च २०१८ मा भएको हो)

९. दोसा्रे विश्व युद्धको समयमा एटम बम बनाई संयुक्त राज्य अमेरिकाद्वारा बनाइएको गोप्य योजनाको नाम के हो ?
मानहटन प्रोजेक्ट (दोस्रो विश्व युद्धको सुरुवात १ सेप्टेम्बर १९३९ र अन्त्य सन २ सेप्टेम्बर १९४५ सम्म ६ वर्ष १ दिन सञ्चालन भएको थियो ।)

१०. नेपालको संविधान, ०७२ बमोजिम राज्यशक्तिको बाँडफाँड कुन धारामा रहेको छ ?
धारा ५७ मा

११. जनसंख्याको आधारमा युरोपियन युनियनको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?
जर्मनी (जनसंख्याको आधारमा सानो देश माल्टा हो भने युरोपियन युनियनमा २७ देश संलग्न रहेका छन्)

१२. विश्व बैंकद्वारा  सार्वजनिक प्रतिवेदनमा २०१९ मा आव ०७५÷७६ को नेपालको आर्थिक वृद्धि कति हुने प्र्रक्षेपण गरिएको छ ?
७.१ प्रतिशत

१३. नेपाली साहित्यमा आयामेली आन्दोलनको सुरुवात कहिले भएको थियो ?
वि. सं. २०२० मा दार्जिलिङबाट सुरु भएको थियो ।

१४. अष्टमातृका नाचको चलन चलाउने मल्ल राजा को हुन् ?
श्रीनिवास मल्ल

१५. प्रसिद्ध ‘गौँथलीको गुँड’ कथासंग्रहका लेखक को हुन् ?
शंकर लामिछाने

१६. आर्थिक सर्वेक्षण ०७५ र ७६ अनुसार सबैभन्दा बढी नेपाली कामदार हुने देश कुन हो ?
मलेसिया (त्यसपछि क्रमशः कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स) 

१७. फोब्र्स पत्रिकाका अनुसार सबैभन्दा बढी पैसा कमाउने खेलाडी को हन् ?
बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी ‘लियोनल मेसी’

१८. अमेरिकी वैज्ञानिक संस्था नासाले कहिलेदेखि अन्तरिक्षमा भइरहेको आफ्नो स्टेसनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ ?
सन् २०२० देखि

१९. यस वर्षको पुरुषतर्फ चार ग्रान्डस्लाममध्ये एक फ्रेन्च ओपनको उपाधि कसले हासिल गरे ?
राफेल नाडाल (योसँगै १२ पल्ट ग्रान्डस्लाम जितेर इतिहास कायम गरेका छन्)

२०. स्थानीय सरकार सञ्चालन ऐन, ०७४ अनुसार गाँउपालिकाविहीन जिल्ला कति ओटा छन ?
२ वटा जिल्ला (काठमाडौं र भक्तपुर)

२१. विश्व रक्तदान दिवस कहिले मनाइन्छ ?
१४ जुन । यसवर्षको नारा सेभ ब्लड फर अल भन्ने थियो । 

२२. वि.सं. ०६८ सालको जनसंख्याअनुसार प्रतिपरिवार औसत सदस्य संख्या कति छ ?
४.८८ जना

२३. नेपालको एकीकरण अभियानमा छालिङको युद्धमा वीरगति प्राप्त गर्ने व्यक्ति को थिए ?
शिवरामसिंह बस्नेत

२४. दिगो विकासमा १७ वटा लक्ष्यमध्ये लक्ष्य नं.५ मा के रहेको छ ?
लैंगिक समानता कायम गर्ने (२५ सेप्टेम्बर २०१५ का दिन युयनले आउँदो १५ वर्षका लागि १७ वटा दिगो विकासका लक्ष्यहरू जारी गरेको छ)

२५. अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय कहाँ छ ?
कास्की जिल्लामा (यस संस्थाले पर्वतारोहण सम्बन्धी विभिन्न गतिविधिको अभिलेख संकलन गरी पर्यटन व्यवसायलाई उत्कृष्ट बनाएको छ)