१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी बेइजिङ
२०७६ असार १ आइतबार ११:३८:००
Read Time : < 1 मिनेट
विश्व

‘एसियाको सुरक्षाका लागि चीन प्रतिबद्ध’

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
२०७६ असार १ आइतबार ११:३८:००

चीनका राष्ट्रपति सी जिनपिङले एसियाको सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वाससाथ अघि बढ्न एसियाली देशबीच सहकार्य गर्नुपर्ने बताएका छन् । शनिबार ताजिकिस्तानको राजधानी दुसान्बेमा आयोजित एसियाली मुलुकबीच भएको एक सम्मेलनमा उनले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न चीन सधैँ प्रतिबद्ध रहने बताए । उनले, ‘बेल्ट एन्ड रोड कोअपरेसन’मार्फत बजारलाई थप विश्वसनीय बनाउनका चीनले विशेष पहल गरिरहेको जानकारी दिए ।

‘एसिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली भएको महादेश हो, तर यसले असामान्य आर्थिक विकास, सुरक्षालगायत चुनौती सामना गरेको छ,’ राष्ट्रपति सीले भने । एसियाली मुलुकले मैत्रीपूर्ण सहयोग र दिगो शान्ति र सहयोगमा जोड दिनुपर्ने उनले बताए ।

सीले चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोग बढाउनुपर्ने बताए ।