१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १ आइतबार ०९:५७:००
Read Time : < 1 मिनेट
नयाँCity

फिल्ममा गुन्यु–चोली मात्र लगाइन्थ्यो : भुवन चन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १ आइतबार ०९:५७:००

आमा फिल्ममा मैले गुन्यु–चोली लगाएर खेलेँ । सुटिङकै क्रममा गुन्यु अलि माथि सरेको रहेछ । तुरुन्तै निर्देशक हीरासिंह खत्रीले तल सार्न लगाइहाल्नुभयो ।

आमा फिल्म सुटिङका वेला खिच्न लागेका केही दृश्य अझै याद छन् । म भर्खरकी थिएँ । बच्चै भने पनि हुने । सानैदेखि रंगमञ्चमा लागेकी थिएँ । ड्रेसबारे अलिअलि थाहा थियो । 

तर, फिल्म क्षेत्र मेरा लागि नौलो थियो । नेपालमा पहिलोपटक फिल्म बन्दै थियो । फिल्ममा लगाइने ड्रेसबारे भने मलाई केही थाहा थिएन । फिल्ममा लगाएको ड्रेसले मान्छेको ध्यान तान्दोरहेछ । 

आमा फिल्ममा मैले गुन्यु–चोली लगाएर खेलेँ । सुटिङकै क्रममा गुन्यु अलि माथि सरेको रहेछ । तुरुन्तै निर्देशक हीरासिंह खत्रीले तल सार्न लगाइहाल्नुभयो । त्यो समय पिँडुला देखिँदा पनि राम्रो मानिदैनथ्यो । लाज हुन्थ्यो । हाम्रो पालामा जति छोप्यो, त्यति राम्रो हुन्थ्यो । अहिले जति देखायो त्यति राम्रो हुन्छ जस्तो गर्छन् ।