मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३२ शनिबार २०:११:००
Read Time : > 1 मिनेट
समाचार

प्रधानसेनापति थापा आइतबार चीन भ्रमणमा जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३२ शनिबार २०:११:००

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । गत वर्ष प्रधानसेनापति भएका थापाको यो पहिलो औपचारिक चीन भ्रमण हो । उनी चीनबाट फर्केर अमेरिका जाने कार्यक्रम रहेकाे छ । 

चिनियाँ सेनाका प्रमुख लि झुओचिंगको निमन्त्रणामा प्रधानसेनाप्रति थापाकाे भ्रमण तय भएको जंगी अड्डाले सार्वजनिक गरेको छ । भ्रमण दलमा थापाकी श्रीमती दीपा थापा तथा सेनाको कार्यरथी विभागका उपरथी अनन्त कार्कीसहित आठ जना रहने छन् । 

कूटनीतिक स्रोतका अनुसार प्रधानसेनापति थापाले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वांग यी, रक्षामन्त्री वेइ फेंगे, केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झांग योसियालगायत उच्च अधिकारीसँग भेटवार्ता हुनेछ । उनी एयर चाइनाको उडानबाट चीनको छेन्दु हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ । उनले समकक्षी लीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । सेनाले स्थापना गर्ने प्रतिरक्षा विश्वविद्यालयमा चिनियाँ सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरको तयारी छ । उनले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ । 

नेपाल र चीनबीच सेनाको तहमा २०४४ सालदेखि सहयोग आदनप्रदान हुँदै आएको छ । त्यसयता दुवै देशका सेना प्रमुखको तहमा भ्रमण आदनप्रदान भइरहेको छ । चिनियाँ सेना अमलेखगञ्जस्थित जंगल वारफेयर, नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमका लागि सहभागी हुँदै आएका छन् । नेपाली सेनाले पनि चिनियाँ सेनासँग विभिन्न प्रकारका तालिममा सहभागी हुँदै आएका छन् । 

चीनले गत वर्ष उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको भ्रमणमा प्रकोप उद्दारका लागि उपकरणका लागि करिब अढाई अर्ब रुपियाँ बराबरको सहयोग घोषणा गरेको थियाे । यसअघि सेनाको मोबाइल अस्पताल लगायतमा चिनियाँ सेनाले सहयोग गर्दै आएको छ । नेपाल र चीनका सेनाबीच सगरमाथा फ्रेन्डसिपका नाममा संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।