Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका अछाम
२०७६ जेठ ३२ शनिबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार

पार्टी एकताले मात्र हुन्न, मन मिल्नुपर्छ : नेता रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका अछाम
२०७६ जेठ ३२ शनिबार १६:४३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सूदुरपश्चिम इन्चार्ज भीम रावलले दुई पार्टीबीच एकतापछि मन मिल्न नसकेकोले यस्तै अवस्था रहे संगठन मजवुत नहुने बताएका छन् । 

अछाम जिल्ला कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउन सदरमुकाम मंगलसेनमा आयोजित सभामा उनले अब पनि पूर्व एमाले र माओवादीकै रुपमा विभाजित मानसिकता बोकर बसे संगठनलाई घाटा हुने बताए । ‘हामी अब पूर्व एमाले र माओवादी केन्द्र होइनौं,’ उनले भने, ‘त्यो मानसिकताबाट मुक्त हुन सबै साथीलाई आग्रह गर्दछु ।’ अन्तरविरोध भए आपसी छलफलबाट समाधान निकाल्न उनले आग्रह गरे । विगतका विभाजनका रेखालाई मेट्नेगरी काम गर्न उनले निर्देशन दिए । 

अर्को प्रसङ्गमा रावलले कांग्रेस बढारिदै गएको बताए । केन्द्र, प्रदेश र तल्लो तहमा समेत कांग्रेस कमजोर हुदै गएको उनले दाबी गरे । ‘लोकतन्त्रको मर्म अनुसार कांग्रेस चल्न सकेन,’ उनले भने, ‘उसैका कारण राष्ट्रियता कमजोर भइरहेको छ । उसका यस्तै गतिविधिले जनताले यो स्थितीमा पु¥याइदिए ।’ विपक्षमा रहँदा पनि कांग्रेसमा कुरा गर्ने तागत नभएको उनले बताए । 

अछाममा नेकपाको जम्मा १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ९० तथा माओवादी केन्द्रबाट ५५ जना सदस्य छन् ।