मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ३१ शुक्रबार १२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वमन्त्री पौडेलको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
२०७६ जेठ ३१ शुक्रबार १२:०३:००

प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।

अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।