मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ जेठ ३१ शुक्रबार ११:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

महोत्तरीमा लागुऔषध दुर्व्यसनी बढ्दै

भारतीय सीमा क्षेत्रका औषधि पसलमा सहजै पाइन्छ लागुऔषध

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ जेठ ३१ शुक्रबार ११:२०:००

महोत्तरीका विभिन्न क्षेत्रमा लागुऔषध दुव्र्यसनी बढिरहेका छन् । सुरक्षाकर्मीलाई झुक्याएर भारतीय सीमा क्षेत्रबाट सहजै लागुऔषध खरिद गरेर ल्याउन सकिने भएकाले पनि दुर्व्यसनीको संख्या बढ्दै गएको हो । सुरक्षाकर्मीले पक्राउ गर्ने डरले कतिपय युवा भने भारतीय क्षेत्रमै बसी लागुऔषध सेवन गरेर नेपाल प्रवेश गर्ने पनि पाइएको छ । लागुऔषधको कारोबार र सेवन नियन्त्रण गर्न यस क्षेत्रमा खटिने सुरक्षाकर्मीले नियमित चेकजाँच गर्ने गरेका छन् । समय समयमा लागुऔषधसहित पक्राउ पनि पर्छन् । तर, पनि सेवनकर्ता र कारोबारी निमिट्यान्न भएका छैनन् । 

चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लागुऔषधसम्बन्धी ५२ मुद्दामा ८५ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये करिब २५ प्रतिशत त नाबालक छन् । तथ्यांक विश्लेषण गरेको प्रहरी महोत्तरीमा ओसारपसारभन्दा सेवनकर्ताको संख्या अत्याधिक रहेको निष्कर्षमा पुगेको छ । पक्राउ परेकामध्ये करिब ६० देखि ७० प्रतिशत सेवनकर्ता हुन् ।

निरन्तर सीमापारी जाने शंकास्पद व्यक्ति तथा परिचित लागुऔषध सेवनकर्तालाई  सीमा पार गर्नै नदिई फर्काउने गरेको छ । तर, पनि खुला सीमा भएकाले लुकीछिपी केही सीमापारि जाने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले भने ।

विद्यार्थीलाई सचेतना कार्यक्रम
 दुर्व्यसनीको संख्या बढ्दै गएपछि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न १७ वटा विद्यालयका छात्रछात्रालाई लागुऔषध दुव्र्यसनका असरबारे सचेत राख्न कार्यक्रम गरिसकेको छ । अभिभावकले आफ्ना सन्तानका क्रियाकलापमाथि निगरानी नगर्दा र बेवास्ता गर्दा लागुऔषध सेवनकर्ताको संख्या बढेको देखिन्छ । 

लागुऔषधको सेवन तथा मदिरा सेवनले आपराधिक घटना गर्न उत्तेजना प्रदान गर्ने गरेको चिकित्सकहरूको भनाइ छ । जिल्ला स्वास्थ्य प्रमुख डा. राजीव झाका अनुसार लागुऔषध सेवनकर्ताको स्नायु प्रणालीमा गम्भीर असर पर्ने र एक निश्चित समयपछि सेवनकर्ताको आफैँमाथि नियन्त्रण नहुने बताए । 

भारतको प्रतिबद्धता पूूरा भएन
नेपाल तथा भारतका अधिकारीबीच विभिन्न समयमा हुने काउन्टर पार्ट्सका बैठकमा भारतीय पक्षले भारतीय भूमिका औषधि पसलहरूमा निगरानी बढाउने प्रतिबद्धता जनाउने गरे पनि प्रतिबद्धता पूरा भएको छैन । भारतीय सुरक्षाकर्मीले निगरानी बढाई कडाइ गरे नियन्त्रणमा आउन सक्ने नेपाली पक्षको विश्वास छ ।