मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीको आक्रमणमा परी महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १९:५१:००

जङ्गली हात्तीको आक्रमणबाट बिहीबार सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका–८ पातीपरानका ४५ वर्षीया सीतामाया राना मगरको मृत्यु भएको छ । वडाध्यक्ष टीका मोक्तानका अनुसार हात्तीकाे आक्रमणमा परी महिलाकाे मृत्यु भएकाे हाे ।

सिन्धुलीमाढी बजारबाट घरायसी सामान किनेर घर फर्कँदै गरेकी राना मगरलाई हात्तीले घर नजिकै आक्रमण गरेको थियो । जङ्गली हात्ती गाउँमा पस्ने गरेको स्थानीयवासी चित्रनारायण श्रेष्ठले बताए । “हात्तीले राम्रोसँग सुत्न पाएका छैनौँ”, उनले भने ।

हात्तीले बस्तीमा पसेर घर भत्काउनुका साथै अन्नबाली खाने गरेको छ । हात्तीको आक्रमबाट महिलाको ज्यान गएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । रासस