१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०८:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो छ पूर्व मिस नेपाल उषाको फिटनेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०८:०२:००

उषा खड्कीले सन् २००० मा मिस नेपालको ताज जितेकी थिइन् । उनले १६ वर्षअघि संचारकर्मी जिपी तिमिल्सनासाग प्रेम विवाह गरेकी थिइन् । उमेरका हिसावले अहिले चार दशक पुग्न लागेकी उषा दुई बच्चाकी आमा पनि हुन् । उद्यपि उषा अहिले पनि दुई दशक अघिकै उषासरह फिट र दन्दुरस्त देखिन्छिन् । आफूले चाहेमा सँधै फिट रहन सकिने मँन्यता राख्ने उनले आफ्नो फिटनेसबारे यसरी खुलाइन् :

दैनिक व्यायाम
आफ्नो शरीरलाई फिट राख्न शारीरिक व्यायामलाई प्राथमिकता दिने गरेकी छु । त्यसका लागि हरेक बिहान समय मिलेसम्म विभिन्न एक्सरसाइज गर्छु ।

आफैँलाई समय
घर–व्यवहारमा व्यस्त रहँदा कम फुर्सद हुन्छ । काममै व्यस्त रहँदा कतिपय अवस्थामा स्वास्थ्यमा ध्यान दिन सकिँदैन । फलस्वरूप स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ । यसर्थ, सकेसम्म आफ्नै लागि समय छुट्याउने गरेकी छु । समय मिलाएर स्वास्थ्यबारे जानकारी लिने गर्छु ।

सन्तुलित भोजन
बिहान सधैँ सामान्य खाना खान्छु । चिल्ला पदार्थहरू खानामा समावेश गर्दिनँ । जंकफुड र फास्टफुड सकेसम्म खान्नँ । प्रायः घरमै तयार गरेको खाना खान्छु । बाहिर कतै खानैपरे पनि चिल्लोयुक्त खानेकुरा मेरो रोजाइमा पर्दैन । र, सधैँ म ठीक समयमा सन्तुलन मिलाएर मात्र खानेकुरा खाने गर्छु । 

प्रशस्त पानी
खानासँगै पानी पनि स्वस्थ जीवन र फिटनेसका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । यसर्थ, म दैनिक कम्तीमा पनि ६ गिलास पानी पिउने गर्छु । पानी पिउन म यति सचेत छु कि बिहान मोबाइलमा अलार्म राख्ने गर्छु । जसले मलाई पानी पिउन सम्झाउँछ ।

सक्रियता
बिहान उठ्न अल्छी मान्ने, डाइट घटाउन नसक्ने, अल्छी भएर व्यायाम नगर्ने जस्ता केही बानी हटाउन सकियो भने फिट रहन सकिन्छ । शारीरिक र मानसिक सक्रियताका लागि

दैनिक 
काम गर्ने हो भने तन्दुरुस्त  रहन सकिन्छ ।