Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २९ बुधबार २१:०४:००
Read Time : < 1 मिनेट
समाचार

महेन्द्रले विश्वमा नेपाल चिनाए : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २९ बुधबार २१:०४:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शावंंशीय राजा महेन्द्रबारे नकारात्मक टिप्पणी गर्नु गलत हुने बताएका छन् । महेन्द्रले राजाको रुपमा विश्वसामू नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै

देशभक्त नेपालीले उनको योगदानलाई विर्सन नहुने बताए । राप्रपा केन्द्रीय प्रचार विभागले महेन्द्रको सयौं जन्मजयन्तीको अवसरमा बुधबार आयोजना गरेको राष्ट्रियता विकास र अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयामिक व्यक्तित्व विषयको प्रवचन गोष्ठीमा थापाले भौगोलिक एकीकरण राजा पृथ्वीनारायण शाहले गरे पनि भावनात्मक एकीकरण राजा महेन्द्रले गरेको बताए ।

महेन्द्रले नेपाललाई विश्व रंगमञ्चमा चिनाएको उल्लेख गरे । थापाले राप्रपाको विचार राजा महेन्द्रकै राष्ट्रवादबाट प्रेरित रहेको स्पष्ट पारे । कार्यक्रममा नेकपा मालेका महासचिव सिपि मैनालीले राजा महेन्द्रको २०१७ सालको कदम बाहेक सम्पुर्ण कार्य राष्ट्रिय हित अनुकुल नै भएको बताए । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजा महेन्द्र दुरदर्शी, राष्ट्रवादी र विकास प्रेमी राजा भएको उल्लेख गरे । 

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाले राजा महेन्द्रकै नीतिका कारण नेपाल आजसम्म सुरक्षित रहेको बताए । राजा महेन्द्रकै शासन कालमा गृहमन्त्री समेत रहेका थापाले वर्तमान अवस्थामा राजा महेन्द्रले गरेको योजनालाई कसैले बिर्सनु नहुने बताएका छन् । 

पूर्वजलस्रोत मन्त्री दिपक ज्ञवालीले राजा केहि वर्ष बाँचेका भए राजनीति व्यवस्था समेत परिवर्तन हुने सम्भावना रहेको बताए । राजाले जनताको नासो जनतालाई नै सुम्पन क्रमिक रूपमा राजनीति परिवर्तन गराउने सोच राखेको तर असयमै निधन भएका कारण राजनीतिक व्यवस्थामा सुधार गर्ने चाहना अधुरो रहेको उनले बताए । 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तत्कालिन अवस्थाको आवश्यकतालाई वर्तमानको आँखाले हेर्दा र मुल्यांकन गर्दा इतिहासको महत्त्वपूर्ण पात्रहरूको अपमान भएको र राजा महेन्द्रले देशका लागि योगदान दिएर पनि अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।