मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विदुर पाैडेल सिन्धुली
२०७६ जेठ २९ बुधबार २०:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बसको झ्यालबाट टाउको निकाल्दा ठोकिएर मृत्यु 

Read Time : < 1 मिनेट
विदुर पाैडेल सिन्धुली
२०७६ जेठ २९ बुधबार २०:२८:००

गुडी रहेको विद्यालय बसको झ्यालबाट टाउको निकाल्दा पुलको नाम लेखेको बोर्डमा ठोक्किएर बुधबार एक विद्यार्थीको मृत्यु भएको छ ।

रामेछापको खाडादेवि गाउँपालिका-३ भिरपानीका १४ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनकोही गाउँपालिका–३ झागाझोलीको प्रगतिशिल माविको बा ३ ख ३५२० बस पढाई सकेपछि विद्यार्थी पु-याउन जाँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बहादुर वस्नेतले बताए । 

गाडीका चालक भक्त श्रेष्ठ फरार छन् । बस्नेतले घट्नाको प्रकृति हेर्दा चालकको चरम लापरवाही देखिएको बताए । बोर्ड सवारी गुड्ने भन्दा निकै पर भए पनि चालकले तिब्र गतिमा कुदाउदा नियन्त्रण गर्न नसकि बोर्डमा ठोकिएको उनको भनाई छ ।