Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २९ बुधबार २०:२४:००
Read Time : < 1 मिनेट
समाचार

इटहरीमा विषादी प्रयोग गरी पकाएको ४० कार्टुन आँप नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार २०:२४:००

इटहरी उपमहानगरपालिकाको बजार अनुगमन टोलीले बजारमा विषदीयुक्त आँप बिक्री गरिरहेको फेला पारेको छ ।

उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा बुधबार भएको अनुगमनमा टोलीले विषादी (कारवाईड) प्रयोग गरेर पकाएको ४० कार्टुन आँप नियन्त्रणमा लिएको छ ।इटहरीस्थित आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा यस्तो आँप भेटिएको हो । अनुगमनको क्रममा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको थियो । उक्त पोको खोलेर हेदा सेतो धुलो भेटिएको थियो । अनुगमनमा संलग्न प्राविधिकले उक्त धुलो कारवाईड भएको बताएका थिए । 

कारवाईड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर पर्ने हुन्छ । आँखा र छालामा पनि विषादी मिसिएका आँपले असर पार्ने खाद्य विज्ञहरुले जनाएका छन् ।  नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाइएको आँप इटहरीमा खुलेआम बिक्री भइरहेको पाइए पछि उपमहानगरले बजार अनुगमन गरेको हो ।