१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २९ बुधबार १९:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उत्पादन वृद्धिका लागि प्रविधि विकास जरुरी : मन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २९ बुधबार १९:३१:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ-नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउन विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी भइरहेको बताएका छन् । 

उनले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमि हुन नदिने प्रतिवद्धता व्यक्त गरे । ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको बुधबार समापन गर्दै मन्त्री पोखरेलले भएको बजेट सदुपयोग गरेर विज्ञान र प्रविधिको क्षेत्रको विकासमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिए । 

मन्त्री पोखरेलले राष्ट्रिय उत्पादनमा वृद्धि गर्न पनि विज्ञान तथा प्रविधिको विकासमा जोड दिएको स्पष्ट पारे । विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगबारे सर्वसाधारणलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सो मेला आयोजना गरेको थियो ।