मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २९ बुधबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार

५८ लाख नगदसहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १७:१२:००

स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैयाँ सहित बाराबाट एकजना भारतिय नागरिक पक्राउ परेका छन् ।

भारतको बिहार राज्यमा पर्ने मोतीहारी जिल्लाका वृजकिशोर कुमारलाई स्रोत नखुलेको रकमसहित मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । उनलाई शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित सुवर्ण गाउँपालिका ७ स्थित दशजगा क्षेत्रबाट पक्राउ गरिएको भट्टराईले जानकारी दिए ।

बीआरएसी ४४८६ नम्बरको भारतिय नम्बरको मोटरसाइकलमा सवार उनले खुट्टाको घुँडा मुनी, कम्मरमा बाँधेर पैसा बोकेका थिए । केही पैसा हेल्मेट भित्र र मोटरसाइकलको डिक्कीमा राखेका थिए । जाँचका क्रममा ठूलो परिमाणमा नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक भट्टराईले बताए ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको भट्टराईले बताए ।